नेपाल न्युज प्वाइन्ट डटकम
कैलाश सिरोहिया हाजिरी जमानीमा छुटे

काठमाडौं : नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन् ।

सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा छाडिएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन् ।

कात्तिक ८ गते पक्राउ परेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि जेठ १२ गते काव्य अस्पताल भर्ना भएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update