नेपाल न्युज प्वाइन्ट डटकम
सुर्खेतको रातानाङ्लामा जिप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेत : सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जिप  दुर्घटना भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा ६ जना सवार थिए । दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update