नेपाल न्युज प्वाइन्ट डटकम
अन्तिम अभ्यास खेलमा नेपाल र अमेरिका भिड्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दैछ । 

अमेरिकाको डालासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि शुरु हुनेछ । यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यसैगरी अमेरिकाले टेष्ट राष्ट्र बंगलादेशविरुद्ध तीन खेलको शृंखला २–१ ले जितेको थियो । 

विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते खेल्नेछ । जेठ २९ गते श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यस्तै नेपालले आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update