नेपाल न्युज प्वाइन्ट डटकम
प्रहरीको उमेर हद अध्ययन गर्न गृहले बनायो कार्यदल

काठमाडौं : गृह मन्त्रालयले प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

बिहीबार गृह मन्त्रालयले मन्त्रालयका सहसचिव एवम् कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहने छन् ।

कार्यदललाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update