नेपाल न्युज प्वाइन्ट डटकम
संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य

काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पास भएको छ । बिहीबार बसेको समितिको बैठकले सर्वसम्मतिले विधेयक पास गरेको हो ।

विधेयकअनुसार अब संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने भएको छ । 

विधेयकमा सकेसम्म सर्वसम्मतबाटै निर्णय हुने र सर्वसम्मतिबाट निर्णय हुन नसकेमा संवैधानिक परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री र समितिमा तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था गरिएको छ ।

सरकारले समितिमा पठाएको विधेयककै व्यवस्था पास भएको हो ।

नेकपा एमालेले अध्यक्ष (प्रधानमन्त्री)को सहमति अनिवार्य गर्न नहुने मत राख्दै आएको थियो । तर बिहीबार एमाले आफ्नो अडानबाट पछि हटेपछि सहमति भएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update