तीन जना सचिवको सरुवा
काठमाडौं : सरकारले तीन जना सचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रकको कार्यालयका सचिवको सरुवा गरेको हो ।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १९:२६
प्रतिक्रिया दिनुहोस्