नेपाल न्युज प्वाइन्ट डटकम
कोशीमा गठबन्धनबाट फ्लोरक्रस, एमालेकी रुक्मिणी कोइराला विजयी

काठमाडौं : कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् । बिहीबार भएको निर्वाचनबाट माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी कोइराला निर्वाचित भएकी हुन् ।

एमालेकी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा माओवादीकी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् ।

प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update