नेपाल न्युज प्वाइन्ट डटकम
ओलीलाई बालेनले भने- गिरीबन्धु काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला'

काठमाडौं : गिरीबन्धु टि–स्टेटको जग्गा हिनामिनाको सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । मेयर बालेनले उक्त प्रकरणमा ओलीलाई समेत जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’ 

गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता रहेको बालेनको आशय छ । उनले लेखेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू, । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

न्युरोडको फुटपाथ क्षेत्र बढाउन बालेनले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका रघुबीर महासेठ छन् । यसमै बालेनले एमाले अध्यक्ष ओलीलाई समेत जोड्दै फेसबुकमा आक्रोश पोखेका हुन् । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update