सडक विभागले गरेको पिच रोक्न महानगर प्रहरी न्युरोड पुगेपछि विवाद
काठमाडौं : फुटपाथ विस्तारका लागि भन्दै काठमाडौं महानगरपालिकाले काटेको न्यूरोड सडकमा सडक विभागले पिच गरेको छ ।
सोक्रममा काठमाडौं महानगरले फुटपाथ विस्तारका लागि भत्काएको पिच टाल्न पुगेका सडक विभागका मजदुर र नगर प्रहरीबीच विवाद भएको छ ।
विभागले सडक पिच गर्न थालेपछि काठमाडौं महानगरबाट नगर प्रहरी न्युरोड पुगेपछि विवाद भएको हो ।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १२:५२
प्रतिक्रिया दिनुहोस्