राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।
महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छन् ।
अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १६:५८
प्रतिक्रिया दिनुहोस्