बानेश्वरको सडकमा गुड्दागुड्दैको बस भासियो

काठमाडौं : काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।
एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा बस कोल्टो परेर भासिएको हो । बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए ।
२ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्