कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड फसे
काठमाडौं : कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।
सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।
दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको प्रशासन कार्यालयले बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्