नेपाल न्युज प्वाइन्ट डटकम
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमाल र अधिकृतमाथि प्रहरीले गरे हातपात

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा अध्यागमन कार्यालय प्रमुख र अधिकृतमाथि प्रहरीले हातपात गरेको छ ।

विमानस्थल अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि सुरुमा हातपात भएको र पछि छलफलका क्रममा अध्यागमन कार्याललय प्रमुखमाथि पनि प्रहरीले हातपात गरेको बताइएको छ ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए । त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए ।

गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमाल आफैं विवाद भएको स्थानमा पुगेका थिए । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमालमाथि पनि हातपात भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update