नेपाल न्युज प्वाइन्ट डटकम
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने

काठमाडौं : क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने बताएका छन् ।

लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ ।

लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update