जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट यादव पुनः अध्यक्षमा चयन भएका हुन् ।
जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । त्यसमा अध्यक्षमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यादवले स्थापनाकालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका छन् ।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ १३:११
प्रतिक्रिया दिनुहोस्