नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ
काठमाडौं : नक्कली लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसचिवसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ २०:५७
प्रतिक्रिया दिनुहोस्