नेपाल न्युज प्वाइन्ट डटकम
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं : करिब ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राति काठमाडौँको कपनबाट उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानकै क्रममा रहेकोले पक्राउ परेका चिनियाँ नागरिकको विवरण खुलाएको छैन । सिआईबीका अनुसार सुनको परीक्षण पनि बाँकी छ । 

यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतमा २ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई नेपाल ल्याउने तयारी भइरहेको छ । सीआईबी अनुसार भारतको दिल्लीमा पक्राउ परेका व्यक्ति पनि सुन तस्करी गिरोहका सदस्य हुन् ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update