कालोपट्टी बाँधेर संसद सचिवालयका कर्मचारीहरुको धर्ना
काठमाडौं : संघीय संसद सचिवालयका कर्मचारीहररु धर्नामा बसेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष अगाडि कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गर्दै कर्मचारीहरु धर्नामा बसेका हुन् ।
संसदमा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेबापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिएका हुन् ।
साथै कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन पनि माग गरेका छन् ।
संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे माग राखेर आन्दोलित भएका छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्