गृहमन्त्री रवि लामिछानेको दाबी- 'जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो'
काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् ।
गृहमन्त्री लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका हुन् ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।
मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारणले उनलाई ल्याउन केही ढिलाई भएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ ११:४३
प्रतिक्रिया दिनुहोस्