ललितपुरमा जर्मन महिला काेठाभित्र मृत फेला, टाउकोमा चोट

काठमाडौं : ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक जर्मन महिला मृत फेला परेकी छिन् ।
मृत फेला पर्नेमा दुई वर्षदेखि सोही अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया जर्मन महिला एडेलहैड सेनेकेनबर्गर रहेको प्रहरीले जनाएको छ ।
उनी लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको टाउकोबाट रगत बगेको देखिएको प्रहरीले बताएको छ । उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
ती महिलाले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएकी थिइन् ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १३:२८
प्रतिक्रिया दिनुहोस्