कोशी प्रदेशको बजेट पारित
काठमाडौं : कोशी प्रदेश सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८१-८२ को बजेट पारित गरेको छ । प्रदेश सभाको १३ औँ बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो ।
असार १ गते अर्थमन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । असार ४ बाट बजेटमाथि छलफल शुरू भएको थियो । ४ दिन लगातार छलफलपछि बजेट पारित भएको हो ।
बजेट पारित गर्नुअघि नेपाली कांग्रेसका सांसद गोपाल तामाङ र राप्रपा सांसद सविना बजगाईँले पेस गरेको खर्च कटौतीको प्रस्ताव भने अस्वीकृत भएको थियो ।
सर्वाेच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिटमा आइतबारबाट निरन्तर सुनुवाइ हुँदैछ । त्यसैले शनिबार नै हतारमा बजेट पारित गरिएको बुझिएको छ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ १५:२६
प्रतिक्रिया दिनुहोस्