प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
काठमाडौं : प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१-०८२ बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरेको थियो ।
प्रतिनिधिसभमा जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल चलेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ १५:००
प्रतिक्रिया दिनुहोस्