काठमाडौं : व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिवाना लाग्ने भएको छ ।
व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने भएको हो ।
आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सूचना जारी गरेको छ ।
'कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन' आर्थिक ऐनमा उल्लेख गरिएको छ ।
यस्तो रकम व्यावसायिक कारोबारमा सम्बन्धित कम्पनी तथा संस्थागत खातामा पठाउनुपर्ने हुन्छ ।
यसले कर चुहावट घटाउन तथा असल कारोबार गर्न सहयोग पुर्याउने आन्तरिक राजस्व विभागले जनाएको छ ।