नेपाल न्युज प्वाइन्ट डटकम
एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको समर्थन

काठमाडौं : नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्याम भुसाललाई समर्थन गर्ने भएका हुन् ।

बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दाबी गर्दै आएका थिए । तर अब सहमति भएसँगै आगामी १६ असारदेखि काठमाडौंमा शुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भुसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् ।

यता अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update