काठमाडौं : माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसईई) को नतिजा सार्वजनिक गरेको हो । बिहीबार बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) भएका छन् ।
२ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका हुन् । नतिजा अनुसार १८६ जनाले चार जीपीए ल्याएका छन् । अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
गत चैत १५ गतेदेखि शुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । यस वर्षदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थी ननग्रेड भएका हुन् ।
‘डी’ ग्रेड अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा ननग्रेडिङ (एनजी) भएको छ। दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले एक महिनापछि सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए हुने बोर्डले जनाएको छ ।
दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था बोर्डले गरेको छ ।
यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। त्यसपछि भने पुनः सबै विषयको परीक्षा दिनुपर्नेछ । ‘डी’ ग्रेडसम्म ल्याउने विद्यार्थी मात्रै अब माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिने बोर्डले जनाएको छ ।
एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमले पनि नतिजा हेर्ने व्यवस्था मिलाएको छ । आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल गरि प्राप्त निर्देशनअनुसार रिजल्ट थाहा पाउन सकिने छ ।
एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE