नेपाल न्युज प्वाइन्ट डटकम
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा अदालतले १० वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको छ । कुरैशी खानको पाकिस्तान तारीख-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष पनि हुन् ।

उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ । ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए ।

पाकिस्तानमा आम चुनावको केही दिनअघि इमरानमाथि सजाय सुनाइएको हो । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । उनकाे पार्टी पाकिस्तान पीटीआईले झुटो मुद्दामा सजाय सुनाइएको भन्दै आपत्ति जनाएकाे छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update