नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदबाट विश्वासको मत लिने

काठमाडौं : प्रधामन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छन् ।  माओवादी पदाधिकारीको बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुसार संसदभित्र विश्वासको मतको सामाना गर्ने भएका छन् । प्रधानमन्त्रीलाई अन्तिम समयसम्म रास्वपाले साथ दिने निर्णय गरिसकेको छ ।  

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update