नेपाल न्युज प्वाइन्ट डटकम
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

काठमाडौं  प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update