नेपाल न्युज प्वाइन्ट डटकम
अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरको डोजर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । 

ललितपुर महागरले बुधबार मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा डोजर चलाएको हो ।

स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा उजुरी दिएर अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

अमात्यले सो घर २०७८ असोजमा किनेकी हुन् । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको अभिलेखमा देखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update