नेपाल न्युज प्वाइन्ट डटकम
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित

काठमाडौं : निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ ।

बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।

आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरू पनि परेका थिए ।

उजुरीका बिषयमा विचार विमर्शका लागि थप समय चाहिने भएकाले सुनुवाइ स्थगित भएको बुझिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update