एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् ।
जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो ।
झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुंग्याउने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १८:४५
प्रतिक्रिया दिनुहोस्