एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश
काठमाडौं : बढुवाका लागि प्रस्ताव गरिएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल अवकाशमा गएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएपनि सरकारबाट कुनै निर्णय नभएपछि उनी डीआईजीबाटै अवकासमा गएका हुन् ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । तर सरकार अल्पमतमा रहेका कारण मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गर्न सकेन ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्