नेपाल न्युज प्वाइन्ट डटकम
बाँसबारी छाला जुत्ताका तत्कालीन कार्यकारी प्रमुख थापा र व्यापारी चौधरी पक्राउ

काठमाडौं : बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा व्यापारी अरूण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम शुरु गरेको आरोप छ ।

थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update