मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस
काठमाडौं : निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न रास्वपाको अनुशासन आयोगले सिफारिस गरेको छ । सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।
रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ । समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएको,बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी सात दिनका लागि निलम्बनमा परेका थिए ।
अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकाल साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित हुनेछन् ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्