नेपाल न्युज प्वाइन्ट डटकम
मुकुल ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट हटाउने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले  ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहनेछन्  ।

असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । अनुशासन आयोगले ढकाललाई पार्टीको सबै पदबाट हटाउनेपर्ने निष्कर्षसहित प्रतिबेदन पेश गरेको थियो । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update