नेपाल न्युज प्वाइन्ट डटकम
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्रीसँग छलफल भयो : ओली

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शान्ति प्रक्रियाका काम चाँडो टुंग्याउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफल सकेर बाहिरिएका अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल भएको बताए ।

समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको बताउँदै ओलीले विधेयकमाथि समितिमा छलफल भइरहेको र त्यसलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउने विषयमा छलफल भएको बताए ।

टिआरसीमा एमालेले राखेका अडान भने यथावत् नै रहेको अध्यक्ष ओलीको भनाइ थियो । सहमति नभए बहुमतमा पास गर्नेबारे भइरहेको छलफलबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो, सहमतिले पास गरे भइगो नि ।’

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update