प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन एमालेले ह्वीप जारी गरेको हो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १३:३८
प्रतिक्रिया दिनुहोस्