नेपाल न्युज प्वाइन्ट डटकम
पक्राउ परेका अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल सारियो

काठमाडौं : बासबाँरीस्थित छालाजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल सारिएको छ ।

बिहीबार महाराजगञ्जस्थित चिरायु अस्पतालमा राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको हो । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको केन्द्रीय अपराध अनुसन्धान ब्युरो (सीआईबी)ले बताएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तर प्रहरीको थुना कक्षमा नबसी चौधरी र थापा बिरामी भएको बहानामा महाराजगञ्जस्थित चिरायु अस्पतालमा बसेका थिए । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update