नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । राष्ट्रपति निवास शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको हो । ओलीले संसदको पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update