नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार भारतीय यात्रुको भएको पुष्टि
काठमाडौं : चितवनको भरतपुर-२८ स्थित नारायणी नदी किनारमा फेला परेको पुरुषको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।
शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ ।
काठमाडौँबाट रौतहटको गौरतर्फ जाने क्रममा पहिरोमा परेर बेपता भएको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । उनी पनि त्यहि बसमा सवार भएको पत्ता लागेको छ ।
प्रकाशित मिति: शनिबार, असार २९, २०८१ १५:३७
प्रतिक्रिया दिनुहोस्