प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं : प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ बदरको माग गर्दै रिट दायर भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्