नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।

गत मंसिर २० गते गजुरेलले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

उनलाई प्रधानमन्त्री प्रचण्डले ०७९ माघ ९ गते नियुक्त गरेका थिए । उनले  सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताउँदै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update