राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।
राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ १६:०२
प्रतिक्रिया दिनुहोस्