फुटपाथ विस्तारको विरोधमा सडकबाटै वडाको सेवा शुरु
काठमाडौं : फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन शुरू गरेको छ ।
महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरूले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्