नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले पाए संसदको दुईतिहाइ विश्वास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा दुई तिहाइ सांसदको समर्थन पाएका हुन् ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत  र मत दिन्न भन्नेमा १ मत पर्‍यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । 

प्रधानमन्त्री ओलीलाई ८८ मत कांग्रेसबाट, ७७ मत उनकै दल एमालेबाट आएको छ । यस्तै, जसपा (जनता समाजवादी पार्टी)नेपाल र जसपा (जनता समाजवादी पार्टी)बाट १२, जनमत पार्टीबाट ६, नागरिक उन्मुक्ति पार्टीबाट चार, लोकतान्त्रिक समाजवादी पार्टीबाट चार र दुई स्वतन्त्र सांसदले मत दिएका छन् ।

उनको विपक्षमा ७५ मत परेको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टीले विपक्षमा मत दिएका हुन् । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update