लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त
रूपन्देही : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेतासमेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीको लागि चेतनारायण आचार्यले दाबी पेश गरेका थिए । उनले एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ १७:४६
प्रतिक्रिया दिनुहोस्