नेपाल न्युज प्वाइन्ट डटकम
घुससहित पक्राउ परेका फुङलिङका इन्जिनयर हुसैनविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनयर मो. अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुस रकमसहित हुसैनलाई पक्राउ गरेको थियो ।

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update