नेपाल न्युज प्वाइन्ट डटकम
सौर्य जहाज दुर्घटना : एयरलाइन्सका क्याप्टेनको सकुशल उद्धार, लगियो अस्पताल

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

 उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । उद्धार कार्य जारी रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update