नेपाल न्युज प्वाइन्ट डटकम
संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं : संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डेय नियुक्त नियुक्त भएका छन् । 

राष्ट्रपति  रामचन्द्र पौडेले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि पाण्डेयले संघीय संसदको सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएको थियो । 

गत मंसिरमा संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले पाण्डेयलाई सिफारिस गरेका थिए ।

तर सचिवबाट राजीनामा नदिइ सिफारिस आएको भन्दै राष्ट्रपति कार्यालयले पाण्डेयको नियुक्ति सिफारिस लामो समय रोकेर राखेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update