नेपाल न्युज प्वाइन्ट डटकम
बेचन झालाई थुनामै राख्न आदेश

काठमाडौं : बेचन झालाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका उनलाई सर्वोच्चले रिहा हुने अनुमति दिएन । 

न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो ।

सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरेपछि उनी थुनामै रहने भएका छन् । 

जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update